१९ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको सेयर बजार सोमबार ११ दशमलव ९२ अंकले सुधार आएको हो ।
११ दशमलव ९२ अंकले सुधार आएर नेप्से परिसूचक १ हजार २ सय १९ दशमलव २० अंकमा पुगेको छ । परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेन ।
सोमबार दिनभरमा ३ हजार ५३ वटा कारोबारबाट ८ लाख २२ हजार २ सय ७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4