+
+

आश्मा र सन्नीको प्रेममा ‘यू एन्ड आई’ वेव सिरिज

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १३:०८

नेपालमा अहिले वेव सिरिज निर्माणको लहर चलेको छ । युटुबका लागि तयार पारिने यस्ता वेव सिरिजहरुलाई दर्शकले पनि रुचाएका छन् । यही क्रममा नयाँ वेव सिरिज ‘यू एन्ड आई’ आजबाट सार्वजनिक हुने भएको छ ।

यो सिरिज कान्तिपुर टेलिभिजनमा पनि प्रशारण हुनेछ । वेव सिरिजमा आश्मा विश्वकर्मा, सन्नी सिंह मुख्य भूमिकामा छन् । साथमा, श्याम राई, विशाल पहारी, विजय अधिकारी, संगिता बस्याल, उमा कार्की लगायतका कलाकारलाई यो सिरिजमा हेर्न पाइनेछ ।

यूवा-यूवतीमा हुने प्रेम, मित्रताको कथामा नै यो सिरिज तयार हुने निर्देशक सरिन पोखरेलले जानकारी दिए । यो सिरिजको कथा पनि पोखरेलले नै लेखेका हुन् । संकल्प भुँजेलको छायांकन, बसन्त अधिकारी र सरिन पोखरेलको पटकथा तथा संवाद रहेको वेव सिरिजमा राम प्रसाद चौधरीको सम्पादन छ ।

यो वेव सिरिजकी मुख्य कलाकार आश्मा विश्वकर्माले कथावस्तु मन परेपछि आफू फेरि अभिनय गर्न उत्सुक भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?