२० कात्तिक, काठमाडौं । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वरस्थित इन्द्रेणी ब्यांक्वेटमा बसेको नवौं वाषिर्क साधारणसभा भएको छ ।
हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ सञ्चालक समिति र ३ जनाको लेखा समिति चयन गरेको छ ।
सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भएब मोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय र यस संस्थाको कामनपा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।