+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

चलचित्र ‘चिनो’को गीत २८ वर्षपछि नेपाली गायिकाको अावाजमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २१ गते १४:४६

काठमाडाैं/ नेपाली कथानक चलचित्र ‘चिनो’का लागि भारतीय लोकप्रिय गायिका आशा भोस्लेले २८ वर्षअघि गाएको ‘दियो बाली साँझको’ बोलको गीत नेपाली गायिका जमुना शर्माले पुन: स्वरबद्ध गरेकी छन् ।

२०४७ सालमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘चिनो’मा समावेश गरिएको तुलसी घिमिरेको शब्द रचना र रञ्जित गजमेरको संगीत रहेको उक्त गीत भारतको मुम्बइमा बस्दै आएकी नेपाली गायिका शर्माले संगीतकार गजमेरको अनुमतिमा पुन: रेकर्ड गराएकी हुन् ।

नेपालीहरुको अर्कों महान चाड तिहारको अवसर पारेर केही दिनअघि मात्रै यूट्यूबमार्फ़त सार्वजनिक गरिएको उक्त गीत दर्शक–श्रोताले मन पराएका छन् ।

मुम्बइको कैलाश स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको संगीत संयोजन भने प्रमोद तिमिल्सिनाले गरेका हुन् ।

अाशा र जमुना वर्षा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?