आजबाट विश्वभर रिलिज भएको बलिउडको बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’लाई भारतका चर्चित समिक्षक र दर्शकले निकै कमजोर प्रतिक्रिया दिएका छन् । भारतका करिब ५ हजार हलमा चलेको यशराज ब्यानरको यो चलचित्रमा आमिर खान, अमिताभ बच्चन जस्ता सुपरस्टारहरुको अभिनय छ ।
चलचित्रको बिहानी शोसँगै दर्शक र समिक्षकको कमजोर प्रतिक्रिया आएको छ । यसले चलचित्रको लगानी उठ्नेमा शंका व्यक्त समेत गर्न थालिएको छ । बलिउडका चर्चित समिक्षक तरण आर्दशले ट्विटरमा लेखेका छन्-‘ठग्स अफ हिन्दुस्तानले तिहारको बिदाको ४ दिन फाइदा उठाउन सक्ला । तर, यसलाई सोमबारदेखि बक्स अफिसमा जम्न मुश्किल छ । यो चलचित्र एउटा सुनौलो मौका थियो, तर यसले निराशाबाहेक केही दिदैन ।’
बलिउडका अर्का समिक्षक रोहित जैशवाल लेख्छन्-‘ठग्स अफ हिन्दुस्तान यो बर्षक खराब चलचित्र हो । यसले ५० रुपैयाँ पनि कमाउने हौसियत राख्दैन, २ सय र ३ सय करोडको कुरा त छाडौ । आमिर खानको करिअरकै खराब चलचित्र ।’
बलिउडका अधिकांश समिक्षकले चलचित्रलाई लिएर ट्विटरमा निराशाजनक प्रतिक्रिया दिएका छन् । दर्शकले पनि चलचित्रलाई आमिर खानको करिअरकै खराब चलचित्र भनेका छन् । धेरैले, आमिर खान जस्तो कथावस्तु हेरेर काम गर्ने कलाकारले किन यति खराब चलचित्रमा काम गरे भनेर प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4