+
+
WC Series
पोखरा एभेन्जर्स 2025
44/3 (6.5)
VS
७९ बलमा १२२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

केटी भगाएको विवादमा झडप, ८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २४ गते १४:५९

२४ कात्तिक, रामेछाप । मन्थली नगरपालिका–७, भटौलीमा केटी भगाएको विषयमा दुई समूहबीच झडप हु“दा ८ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भिर रहेको रामेछाप प्रहरीका प्रवक्ता शेख अदालतले बताए ।

घाइते हुनेहरुमा सन्तोष माझी, पूर्णवहादुर माझी, समिर माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी, सोममाया माझी, चन्द्रमाया माझी छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ ।

घटनापछि बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई पक्राउ गरेको छ ।

उनीहरुमध्ये ४ जनालाई सिन्धुलीको खाल्टेबाट पक्राउ गररिएको र ४ जनालाई आफ्नै गाउ“मा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीय युवतीलाई भगाएर विवाह गरेको विषयमा दुई पक्षबीच भएको विवादले उग्र रुप लि“दा झडप भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?