२७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी केन्द्रीय समिति निष्क्रिय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले तत्काल पार्टी केन्द्रीय समितिलाई सक्रिय बनाउन नेतृत्वसँग माग गरेका छन् ।
नेकपाको स्थायी समिति बैठक नबस्दा केन्द्रीय समिति निष्क्रियजस्तै भएको भन्दै उनले तत्काल स्थायी समिति बैठक डाकेर केन्द्रीय समितिलाई गति दिन पार्टीका दुवै अध्यक्षलाई आग्रह गरेका छन् ।
स्थायी समिति बैठक नबस्दा नेकपाको केन्द्रीय समिति कामविहीन जस्तै छ ।
पार्टीका शीर्ष नेतृत्व गुट-उपगुट र आसेपासेबाट प्रभावित नभई सिंगो नेपाल र नेपालीको नेतृत्व गर्ने गरी अघि बढ्नुपर्ने नेता पौडेलको भनाइ छ । उनले आमकार्यकर्ताहरु गुटको पक्षमा नभएर विशाल पार्टी निर्माणको पक्षमा रहेको पनि उल्लेख गरेका छन् ।
‘आम कार्यकर्ताहरु गुटको पक्षमा छैनन्, बरु विशाल पार्टी निर्माणको पक्षमा छन्’, पौडेलले फेसबुकमा लेखेका छन्, ‘त्यसैले छिटोभन्दा छिटो स्थायी समिति बैठक बसाइ केन्ऽीय समिति सक्रिय बनाइयोस् ।’
प्रतिक्रिया 4