+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आँचल भन्छिन्–‘सोलो भूमिका गर्ने चाहना हरेक कलाकारको हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १३:०५

नायिका आँचल शर्मालाई पछिल्लो केही महिनायता एउटा प्रश्नले खुबै पछ्याएको छ । आँचलले समुहको चलचित्रमा काम गरेर फाइदा नभएको बताएपछि यसलाई मिडियामा विभिन्न तरिकाले प्रस्तुत पनि गरिएको थियो । तर, जुन चलचित्रमा काम गरेपछि हुलमुलको चलचित्रमा आँचलले काम गर्दिन भनेकी थिइन्, अहिले सोही ब्यानरको चलचित्रमा उनी जोडिएकी छिन् । यसैले पनि आँचललाई यो प्रश्नले अझै लखेटेको छ ।

तर, नायिका आँचल शर्माले भने यसको जवाफ अबदेखि नदिने भन्दै ‘दाल भात तरकारी’ चलचित्रको शुभसाइत समारोहमा यसको जवाफ दिएकी छिन् । उनले भनिन्–‘हो, मैले भनेको थिएँ मलाई २–३ वटा सोलो चलचित्र खेल्नु छ । यो हरेक कलाकारको चाहना पनि हुन्छ । तर, मैले ‘शत्रु गते’ खेल्नु भाग्यको कुरा पनि हो भनेको थिएँ । यो चलचित्र खेलेर नै मलाई विदेशमा धेरैले चिन्नु भएको छ । अब, चलचित्रमा को आउट र को इन भन्ने कुरा महत्वपूर्ण होइन । मैले यो चलचित्रको कथा सुनेँ, मलाई मनपरेपछि गर्न लागेको हुँ । यो टिमसँग काम गर्न पाउनु मेरा लागि सधै नै भाग्यको कुरा हो ।’

आँचलले केही समय अगाडि एउटा कार्यक्रममा अब सोलो नायिकाको रुपमा काम गर्न चाहेको भन्दै हुलमुलको चलचित्रमा काम गर्दा आफू ओझेलमा परेको बताएकी थिइन् ।

 

ज्योतिषको साइत अनुसार ‘दाल भात तरकारी’को मुहुर्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?