+
+
Shares

लगानीकर्ताको चेतावनी पछि सुधारियो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १६:१३

२७ कात्तिक, काठमाडौं । अनलाइन कारोबार प्रणाली शुरुवात भएको दिनदेखि नै ओरालो लागेको सेयर बजारमा सुधार आएको छ । तिहार बिदा हुनु एकदिन अघि उद्घाटन गरिएको अनलाइन प्रणालीले कारोबारमै समस्या देखिएको थियो भने सेयर बजार समेत ओरालो लागेको थियो ।

कारोबारमा व्यापक समस्या देखिए पछि लगानीकर्ताहरुले सोमबार नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई नै भेटेर अनलाइन प्रणाली व्यवस्थित गर्न चेतावनी दिएका थिए ।  लगानीकर्ताले चेतावनी दिएको भोली पल्ट नै मंगलबार सेयर बजारमा करिब १४ अंकको वृद्धि देखिएको छ ।

तिहार बिदा पछि लगातार दोहोरो अंकले घटेको नेप्से परिसूचक मंगलबार भने १३ दशमलव ९७ अंकले बढेर १ हजार २ सय ७ दशमलव ३१ को बिन्दुमा कारोबार बन्द भएको छ ।

परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका २ हजार ७ सय ६९ कारोबारबाट १ सय ५० कम्पनीको ६ लाख ५५ हजार ५ सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जस अनुसार १७ करोड ४१ लाख ५५ हजार ३ सय ९० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?