+
+
Shares

इरानी ‘सिक्काका सुल्तान’लाई फाँसी दिइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १५:२५

२८ कात्तिक, काठमाडौं । इरानमा दुई टन सुनको सिक्कासहित पक्राउ परेका वहीद मजलूमीनलाई बुधबार विहान फाँसी दिइएकोछ ।

राजधानी तेहरानको अभियोजन कार्यालयका अनुसार मजलुमीन र उनका साथी मोहम्मद इस्माइल गासेमीलाई मृत्युदण्ड दिने आदेशलाई इरानको सबैभन्दा ठूलो अदालतले सदर गरेको छ । दुबैलाई भ्रष्टाचार र आर्थिक अपराधको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो ।

इरानको मुद्रा रियाल गत वर्षको दर प्रतिडलर ४०, ५०० बाट बढेर १ लाख ३५ हजार पुगेको छ ।

गत जुलाईमा प्रहरी प्रमुखले दुई टन सुनको अशर्फीसहित एक मानिसलाई पक्राउ गरिएको खबर दिए र उनलाई ‘सिक्काका सुल्तान’ उपमा दिए । हालै मात्र यो पनि घोषणा भयो कि मुजलमीनको साथबाट दुई टन सुनको अशर्फी बरामद भएको होइन । तर, यो पनि भनियो कि उनी र उनका छोराले दुई टनभन्दा बढी सिक्का किनेका छन् ।’

त्यसबेलादेखि मजलूमीनको नाम इरानी मिडियामा पटक पटक आएको छ र उनलाई फाँसी दिने फाइनल अगाडि बढ्यो । तर, यो फाइलमा ‘सिक्काका सुल्तान’ एक व्यक्ति मात्र छैनन्, जसलाई आर्थिक अपराधका लागि मृत्युदण्डको सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?