Comments Add Comment

यी हुन् दुनियाँकै महँगा हीरा

एउटा दुर्लभ गुलाबी हीरा ५ करोड डलर अर्थात् ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भयो । प्रतिक्यारेट मूल्यको हिसाबले यसले कीर्तिमान कायम ग¥यो । पिंग लिगेसी नामको यो हीरा केवल १९ क्यारेटको छ । अमेरिकी ब्राण्ड ह्यारी विन्स्टनले स्विजरल्याण्डको जेनेभामा भएको एक लिलामीका क्रममा यो हीरा किनेको हो ।

क्रिस्टिज अक्सन हाउसको युरोप प्रमुखका अनुसार यो हीराको प्रतिक्यारेट मूल्य झण्डै ३० करोड परेको छ, जुन एक विश्व कीर्तिमान हो । यो हीराको लिलामी शुरु भएको ५ मिनेटमै खरीद गरिएको थियो ।

ओपनहाइमर ब्लू: सन् २०१६ को मे महिनामा यो हीरा ५ करोड ६ लाख डलरमा बिकेको थियो । १४.६२ क्यारेटको यो हीरा त्यतिबेला विश्वमा सबैभन्दा महँगो हीराको रुपमा लिलाम भएको थियो । जेनेभाको क्रिस्टी अक्सन हाउसले यो हीरालाई बेचेको थियो । तर, हीरा कसले खरीद गरेको हो अहिलेसम्म खुलाइएको छैन ।

ब्लू मुन: सन् २०१५ को नोभेम्बरमा एउटा औंठीमा जडित १२.०३ क्यारेटको ब्लू मून नामक हीरा लिलाम भएको थियो । हङकङका व्यवसायी जोसेफ लूले ४ करोड ८४ लाख डलरमा यो हीरा किनेका थिए । आफ्नी ७ वर्षीया छोरीलाई उपहार दिन उनले हीरा खरीद गरेका थिए । उनले यो हीरा किनेपछि त्यसलाई आफ्नै छोरीको नाम दिए, ब्लू मून अफ जोसेफाइन ।

सनराइज रुबी: गाढा रातो रङको यो २५.५९ क्यारेटको सनराइज रुबी सन् २०१५ मा ३ करोड डलरमा बिकेको थियो । यो हिरापछि सबैभन्दा महंगोमा बिकेको पत्थर हो ।

सुन्तला हीरा : सन् २०१३ को नोभेम्बरमा क्रिस्टी अक्सन हाउसले विश्वको सबैभन्दा ठूलो सुन्तला रङको हीरा लिलाम गर्यो । त्यस समय उक्त हीरा क्यारेटको हिसाबले सबैभन्दा महँगो मूल्यमा बिकेको थियो । उक्त हीरा ३ करोड ५५ लाख डलरमा बिकेको थियो ।

ग्राफ पिंक: २७.७८ क्यारेटको यो चम्किलो गुलाबी हीरा अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा हो । यो हीरा सन् २०१० मा ४ करोड ६२ लाखमा बिक्री भएको थियो । बेलायती बिक्रेता लरेन्स ग्राफले यो हीरा खरीद गरेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment