+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सिटी एक्सप्रेसको चुक्ता पूँजी ८० करोड पुर्याउने प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १९:२३

२९ कात्तिक, काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा यही कात्तिक २९ गते विहिबार सम्पन्न भएको छ ।

साधारण सभामा कम्पनीका अध्यक्ष चन्द्र टण्डनले आब ०७४\७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरे पश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भई साबिक नाम परिवर्तनसंँगै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामवाट आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरी दक्ष कर्मचारीहरुको साथमा केन्द्रिय कार्यालय, घण्टाघर काठमाण्डौ तथा शाखा कार्यालयहरु गाइघाट र विर्तामोडबाट वित्तीय कारोवार गर्दै आइरहेको व्यहोरा जानकारी गराए ।

संस्थालाई मुनाफा आर्जनको अवस्थामा पुर्‍याउन बर्तमान संचालक समिति कटिबद्ध रहेको जानकारी गराउँदै सबै पक्षवाट सद्भाव र सहयोगको अपेक्षा गरे ।

उनले संस्थालाई सवल वनाउनका लागि अन्य वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने, कर्मचारी व्यवस्थापनलाई मजवुद वनाई अब्वल संस्थाको रुपमा अगाडि वढाउने उद्घोष पनि गरे ।

संस्थाका कार्यकारी प्रमुख भिष्मराज चालिसेले रणनीतिक साझेदारको खोजी गर्दै चुक्ता पुँजीको दायरालाई फराकिलो वनाउँदै आवश्यक शाखा संजाल तथा व्यवसायलाई विस्तार गर्नेे वताए । साथै संस्थाले निकट भविष्यका एटीएम तथा अनलाइन बैंकिङको सुविधा थप गर्न व्यवस्था मिलाउने पनि वताए ।

उक्त साधारण सभावाट संस्थाले चुँक्ता पूँजी ८० करोड पुर्याउने तथा उपयुक्त रणनीतिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?