३० कात्तिक, विराटनगर । मोरङमा पछिल्लो दश महिनामा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङको तथ्यांकअनुसार १ जनबरीदेखि हालसम्म १३५ वटा घटनामा १७१ जना पीडित बनेका छन् ।
सबैभन्दा बढी बलात्कारका घटना ५५, बलात्कार प्रयास २७ वटा, घरेलु हिसा ७ वटा, बहुविवाह १० र हत्याका ११ वटा घटना भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराइले जानकारी दिइन् ।
बलात्कारका ५५ घटनामा ४३ जना बालिका र १३ जना महिला, त्यसैगरी बालत्कार प्रयासका २७ घटनामा ११ बालिका र १६ महिला रहेका छन ।
यस्तै, अपहरणका २ वटा घटनामा एक बालिकासहित सात जना पीडित भएका छन भने एक जना बालक अप्राकृतिक मैथुनबाट पीडित भएको इन्सेकले जनाएको छ ।
यस्तै, कुटपिट ७, मानवबेचविखन २, हत्या प्रयास ४, बालविवाह १ वटा घटना भएको इन्सेकले जनाएको छ । यो गत वर्षको भन्दा बढी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4