+
+

डिजेडिप्लोसहित स्थानीय कलाकारले तताए टुबोर्ग ओपन फेस्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १०:१३

२ मंसिर, काठमाडौं । अमेरीकी निर्माता तथा डिजे डिप्लोद्वारा होटल अन्नपूर्णमा आयोजित टुबोर्ग ओपन फेस्ट २०१८ को मञ्च रोमाञ्चक शैलीमा सम्पन्न भएको छ । नेपाली कलाकार लाउरे, विपुल क्षेत्रीको सहायतामा डिप्लोले कन्सर्ट आयोजना गरेको हो ।

लाउरेले कन्सर्टको शुरुवात भव्य ढंगले गरेका थिए । लाउरेको उत्कृष्ट प्रदर्शनीपश्चात विपुल क्षेत्री र व्यान्डले मञ्चलाई अझै रोचक बनाउँदै कार्यक्रम अघि बढाएका थिए ।

नितेषजङ्ग कुँवरको प्रस्तुतिमा दर्शक झुमेका थिए भने रोहित शाक्य र त्रिशला गुरुङ्गको जोडीले ४५ मिनेटसम्म दर्शकलाई मोहित पारे ।

कार्यक्रमका मुख्य अकर्षण अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डिजे डिप्लोले सांगीतिक साँझलाई अझ अविस्मरणीय बनाएका थिए ।

विश्वव्यापी ट्र«याक टुबोर्ग स्टे ओपनको ११ मे २०१८ मा प्रदर्शनी भएको थियो । नेपाली संस्करणको लिरिक्स भिडियो भने जुनमा मात्र प्रदर्शनीमा आएको हो ।

विश्वव्यापी कलाकारहरु डिप्लो र मोको साथ नेपाली कलाकारहरु लाउरे र बिपुल भएको म्युजिक भिडियो सेप्टेम्बरमा प्रदर्शनीमा आएको थियो । उक्त ट्र«याक पहिले अमेरिकी निर्माता तथा डिजे, डिप्लो र डेनिस गायिका मोले टुबोर्ग ओपनका लागि रेर्कड गरेका थिए । उनीहरु दुवै मिली स्टे ओपन ट्र«याक बनाए र नेपाली संस्करणको बिपुल र लाउरेले ‘ओपन टू मोर’ हुनुको औचित्यलाई आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गरेका छन् । एकअर्काको विचारहरु महिनौंसम्म साटासाट गरेर, टुबोर्ग ओपन म्युजिक भिडियो सेप्टेम्बरमा प्रदर्शनी भयो जसले १ करोड भ्यु संकलन गरिसकेको छ ।

विश्वव्यापी अभियान टुर्बोग ओपन फेस्टबाट समाप्त भएको छ  । अभियानबारे बोल्दै डिप्लोले भने, ‘टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुँदा निकै उत्साहित छु ।’

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाईरेक्टर, वैभव शर्माले टुबोर्ग ओपन फेस्ट २०१८ मा डिप्लोेसँगै स्थानिय कलाकारलाई प्रस्तुत गर्न पाउनु अविष्मरणीय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?