+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
87/3 (11.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

कांग्रेस बैठकमा देउवाको प्रस्ताव : नेविसंघको म्याद दुई महिना थपौं

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १८:५३

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघ वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने प्रस्ताव पेश भएको छ ।

ढिला गरी सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले म्याद थप्ने प्रस्ताव राखेका हुन् ।

यसअघि केन्द्रीय सदस्य गुरु घिमिरेले नेविसंघले सिफारिस गरेको विधान प्रस्तुत गरेका थिए । नेवि संघको विधानको धारा २६ को पदावधिसम्वन्धी व्यवस्था संशोधन गरेर २ वर्षमा अधिवेशन गर्ने र हुन नसके ५ महिना थप गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेवि संघको वर्तमान कार्यसमितिको म्याद आज सकिँदैछ । २ वर्षमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार तीन महिना म्याद थपिएको थियो ।

तर, यो अवधिमा पनि महाधिवेशन हुन सकेन । बरु ३२ वर्ष उमेर हद लागू गर्ने निर्णयलाई लिएर माउ पार्टी कांग्रेसमा शीर्ष नेतृत्वबचि विवाद देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?