५ मंसिर, काठमाडौं । म्यानेजर मार्टिन ओनिल र उनका सहायक रोए केनले रिपब्लिक अफ आयरल्याण्डको फुटबल टिम छाडेका छन् ।
२०१३ देखि आयरल्याण्डको फुटबल टिम सम्हालेको यो जोडीले टिमलाई २०१६ को युरोकपको अन्तिम १६ मा पुर्याएका थिए । तर, यो वर्ष प्रतिस्पर्धात्मक खेलहरु जितेनन् र नेसन्स लिगमा पनि रेलिगेशनमा परेको छ ।
आयरल्याण्ड फुटबल एशोसिएसनका प्रमुख जोन डिलेनीले मार्टिन र उनको टिमप्रति आभार व्यक्त गरे । ‘मार्टिनको कार्यकालमा युरोकप मात्र होइन धेरै हाइलाइट छन, जुन आइरिस समर्थकको दिमागमा लामो समयसम्म जीवित रहनेछ’ उनले भने ।
डेनमार्कसँग ५–१ को लज्जास्पद हार व्यहोरेपछि आइयरल्याण्ड २०१८ को विश्वकप छनोट हुन सकेन । यूईएफए नेसन्स लिगमा पनि खराब प्रदर्शन गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4