+

महिला विश्वकप क्रिकेटः अष्ट्रेलिया फाइनलमा, वेष्ट इन्डिज आउट

२०७५ मंसिर  ७ गते ७:३१ २०७५ मंसिर ७ गते ७:३१
महिला विश्वकप क्रिकेटः अष्ट्रेलिया फाइनलमा, वेष्ट इन्डिज आउट

७ मंसिर, काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा आयोजक वेष्ट इन्डिजलाई पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले पराजित गर्दै उपाधिबाट एक कदम पछि मात्रै रहेको हो । १४३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले १७.३ ओभरमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनाउन सक्यो ।

वेष्ट इन्डिजका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि कप्तान स्टाफनीई टाइलरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका इलिसी पेरी, डेलिस्सा किमिन्स र अश्लेइघ गार्डनरले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि अलिसा हेयलीले ४६ रन बनाएकी थिइन् भने कप्तान मेघ लनिङले ३१ रनको योगदान दिएकी थिइन् ।

फाइनलमा अब उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग अष्ट्रेलियाले प्रतिस्पर्धा गर्ने छ । अहिले दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीचको खेल भई रहेको छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय