+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कानूनमन्त्री भन्छन्– हिउँदे अधिवेशन पुस पहिलो साता, विलम्बको कारण भवन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १९ गते ११:३१

१९ मंसिर, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवनको निर्माण पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन विलम्ब भएको बताएका छन् ।

विपक्षीहरुले संसद् अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले भवन निर्माण पुस पहिलो साता सकिने र लगत्तै अधिवेशन आह्वान हुने जानकारी दिए ।

‘प्रतिनिधिसभा भवन अहिले निर्माणाधीन अवस्थामा छ, यही कारण संसद अधिवेशन आह्वानमा ढिलाइ भएको छ’, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार गरेको कार्यक्रममा मन्त्री ढकालले भने, ‘पुस पहिलो सातासम्ममा भवनको निर्माण सकिन्छ । त्यसपछि हिउँदे अधिवेशन बोलाउँछौं ।’

संविधानसँग बाझिएका कानून निर्माणमा अहिले सरकार जुटेको जानकारी पनि उनले उक्त अवसरमा दिए । पहिले सरकारले मौलिक हकसँग सम्बन्धित कानूनलाई प्राथमिकतामा राखेको र अहिले बाझिएका कानून निर्माण र परिमार्जनलाई पनि सरकारले उत्तिकै महत्त्व दिएको मन्त्री ढकालको भनाइ छ ।

‘पहिले मौलिक हकसँग सम्बन्धित कानूनलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको थियो,’ मन्त्री ढकालले भने, ‘अहिले संविधानको धारा ३०४ अनुसार संविधानसँग बाझिएका कानून निर्माण र परिमार्जनको प्रयासमा लागेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?