+
+

सेयर लगानीकर्ताको अधिकांश माग सम्बोधन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २ गते ११:३३

२ पुस, काठमाडौं । सेयर लगानीकर्ताहरुको अधिकांश माग सम्बोधन हुने भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा व्याजदर र पुँजी बजार सम्बन्धी अध्ययन गर्न अर्थमन्त्रालयले बनाएको समितिले पुँजी बजारका अधिकांश माग सम्बोधन हुने गरी अर्थमन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

समितिलाई वाणिज्य बैंकहरुको साझा संगठन नेपाल बैंकर्स संघ र सेयर बजारका लगानीकर्ताहरुका संघहरुले समेत आ-आफ्नो तर्फबाट सुझाव दिइसकेका छन् ।
लगानीकर्ताहरुले दिएका दर्जन बढी सुझावहरु मध्ये ९ वटा सुझाव समितिले समेटेको छ ।

लगानीकर्ताहरुले सेयर धितो मूल्यांकनको ८० प्रतिशत सम्म कर्जा दिनु पर्ने, इक्रा रेटिङ ग्रेड ४ र ५ पाएका कम्पनीहरुलाई आइपीओमा जान रोक लगाउने, बैंकलाई ब्राेकर लाइसेन्स दिन तुरुन्तै दिन पहल गर्नु पर्ने, पुँजी बजारमा गैरआवासीय नेपालीलाई भित्राउन पहल गर्नु पर्ने, ब्रोकर कमिशन घटाउनु पर्ने लगायतका सुझाव दिएका थिए ।

नेपाल इन्भेष्टर्स फोरमले र नेपाल पुँजी बजार लगानीकर्ता संघले एक दर्जन बढी सुझाव दिएका थिए । लगानीकर्ताहरुको सुझाव मध्ये ९ वटा बुँदा सम्बोधन भएको कार्यदल निकट स्रोतले बताएको छ ।

लगानीकर्ताले माग गरेको सेयर धितो मूल्यांकनको ८० प्रतिशत सम्म कर्जा दिनु पर्ने मागलाई सम्बोधन गर्दै ७० प्रतिशतसम्म कर्जा दिन सकिने, बैंकलाई ब्रोकर लाइसेन्सका लागि तत्कालै पहल गर्ने लगायतका सुझावहरु प्रतिवेदनमा समेटेको छ ।

उता इक्रा ग्रेड ४ र ५ पाएका कम्पनीहरुलाई आइपीओमा जान रोक लगाउनु पर्ने सुझावमा भने केहि लचकता अपनाएर सम्बोधन गर्ने कार्यदलको तयारी छ । बैंकर संघको सुझावहरु केके सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा भन्ने कार्यदलले निर्णय गरिसकेको छैन ।

बैंकर्स संघको केके सुझाव समेट्ने भन्ने निर्णय भए पछि प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यकदलको तयारी छ । प्रतिवेदन भने ३ दिनभित्र मन्त्रालयलाई बुझाउने कार्यदलको तयारी रहेको कार्यदल सदस्य तथा पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

लगानीकर्ता आमरण अनसनमा

कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरिरहँदा केहि लगानीकर्ताहरु भने आन्दोलनमै छन् ।  सेयर बजार सुधार र विस्तारका लागि भन्दै नेपाल स्कट एक्सचेञ्जको कार्यालय अगाडी रिले अनसन बसेका लगानीकर्ताहरुले आज (सोमबार) देखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् ।

रिले अनसन बस्दा माग सम्बोधन नभएको भन्दै लगानीकर्ता हरि ढकाल सोमबारदेखि आमरण अनसन शुरु गरेका छन् ।  सेयर बजार सुधारका लागि दबाव समूह गठन गरेका ढकाल आफैले आमरण अनसन शुरु गरेको दबाब समूहकै सदस्य नयन बास्तोलाले जानकारी दिए ।  ढकालसँगै अर्का एक जना पनि आमरण अनसन बस्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?