+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

नेकपा बैठकमा शंकर पोखरेललाई सुरेन्द्र पाण्डेको ‘काउन्टर’ जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ४ गते १२:४३

४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै नेताहरुको घोचपेच चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावलाई लक्षित गरेर सार्वजनिक टिप्पणी गरेपछि नेता बामदेव गौतमले दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुईटा प्रधानमन्त्री बनाउनुस्’ भन्ने चुनौती दिएका थिए । बुधबार भने मुख्यमन्त्री छाड्ने शंकर पोखरेलको चेतावनीमा नेता सुरेन्द्र पाण्डेले टिप्पणी गरेका छन् ।

दोहोरो जिम्मेवारी दिएको भन्दै धेरै नेताले प्रश्न उठाएपछि स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार भनेका थिए, ‘राजनीतिक जिम्मेवारी छाड्दिनँ, मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’ आफूले प्रदेशसभामा जान नचाहेको तर, ‘कृष्णबहादुर महरालाई दाङमा उम्मेदवार बनाउनुपर्ने भयो’ भन्दै दुबै अध्यक्षले आग्रह गरेपछि बाध्यताले मात्र गएको उनले भनाइ थियो । राजनीतिक जिम्मेवारी दिने बचन दुबै अध्यक्षले आफूलाई दिएको उनको दाबी छ ।

तर, बुधबार बोलेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पोखरेललाई जवाफ दिएका छन् । दुबै अध्यक्षले भनेको भन्दै पोखरेलले ‘साइकोलोजिकल ब्लाकमेलिङ’ गरेर बैठकलाई प्रभावित पार्न खोजेको त होइन भन्ने उनको आशंका थियो ।

उनले भने, ‘अध्यक्ष केपी ओलीले योगेशजीलाई मन्त्री बनाउँछु  भनेर सार्वजनिक रुपमा भनेको होइन । त्यो त केही भएन । बन्द कोठाभित्र केके भयो के ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?