+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विराटनगरका दाह्री ब्वाय !

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २७ गते १६:१७

२७ पुस, विराटनगर । मानिसका सौखहरु अचम्मकै हुन्छन् ! ४१ वर्षीय वसन्त अधिकारी ‘दाह्री ब्वाय’ का रुपमा स्थानीयमाझ परिचित छन् । र, उनी दाह्रीजुँगाबाटै आफ्नो पहिचान बढाउन चाहन्छन् ।

सन् २०१० मा दक्षिण कोरिया पुगेका बेला विश्वको सबैभन्दा धेरै दाह्रीको डिजाइन गर्ने सौख पलाएको अधिकारीको भनाइ छ ।

त्यसयता अधिकारीले दाह्रीलाई समान्यरुपमा काट्नुभन्दा पनि विभिन्नखाले डिजाइन दिन थालेका छन् । अहिले अधिकारीसाग आफ्नो दाह्रीका करिब १५० डिजाइनका तस्वीर सुरक्षित छन् ।

‘मस्तिष्क क्रियाशील राख्न पनि मानिसमा कुनै न कुनै सोख हुनुपर्छ,’ अधिकारीले भने, ‘मैले दाह्रीलाई डिजाइन दिएर हरेक युवामा कुनै न कुनै सिर्जनशीलतामा लाग्नुपर्छ भन्ने सन्देश दिएको हुँ ।’

उनी संसारमा सबैभन्दा धेरै दाह्री जुागाको डिजाइन गर्ने व्यक्तिका रुपमा चिनिन चाहन्छन् । केही अपवाद बाहेक यस्ता डिजाइन उनी आफैं निर्माण गर्छन् । आफैं डिजाइन गर्दा भोलिका दिनमा रेकर्ड राख्नु पर्‍यो भने कसैले कपिराइटको मुद्दा नलगाओस् भन्ने उनको सोच छ ।

‘आफ्नो काम गर्दागर्दै पनि मानिस संसारमा धेरै काम गर्न सक्छ, धेरै युवाहरु काम छैन भनेर पनि गलत मार्गमा लागेको देेखेँ ।’ अधिकारीले अनलाइनखबरसाग भने, ‘सकारात्म रुपमा हेर्दा आफैंमा पनि सिर्जना शक्ति लुकेको छ भन्ने उदाहरणका लागि पनि यो काम गरेको हुँ ।’

एक गैरसरकारी संस्थाका सञ्चालकसमेत रहेका अधिकारी पूर्वाञ्चलमा रिक्सा व्यवसायलाई वातावरण मैत्री बनाउन आफ्नो संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् ।

दाह्रीका केही डिजाइन हेरौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?