Comments Add Comment

धनगढीमा सुरु भयो सुदूरपश्चिम महोत्सव

२१ माघ, कैलाली । धनगढीमा मंगलबारदेखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ । कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।

महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको विकासका लागि निजी क्षेत्रको साझेदारी आवश्यक रहेको बताए । विकासका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री भट्टले प्रदेशको विकास गर्नका लागि प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाए । ‘निजी लगानीकर्तासँग काँधमाकाँध मिलाएर अगाडि बढ्न प्रदेश सरकार तयार छ,’ उनले भने, ‘किनभने, प्रदेशको विकासमा सबैको हातोमाले हुन आवश्यक छ ।’

मुख्यमन्त्री भट्टले निजी क्षेत्रले उठाएका मागहरु जायज रहेको उल्लेख गर्दै प्रदेश सरकार त्यसमा सकारात्मक रहेको बताए ।

प्रदेशमा रहेको प्राकृतिक स्रोत पहिचानको कुरा पनि अहिले महत्वपूर्ण रहेको बताउँदै उनले यसतर्फसमेत निजी क्षेत्रलाई ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभामुख अर्जुनबहादुर थापाले अबको चाहना आर्थिक क्रान्तिको रहेको बताए ।

उनले प्रदेशवासी सबैको साझा अभियान आर्थिक परिवर्तन रहेको उल्लेख गर्दै विकासका लागि आपसी वैमनस्यता नराखेर दीर्घकालीन सोंचका साथ अगाडि बढ्न सबैलाई आग्रह गरे ।

‘भारततर्फको नाका स्तरोन्नती, माथिल्लो कणर्ाली, पश्चिम सेती जस्ता आयोजनामा अब निजी क्षेत्रको ध्यान जान आवश्यक छ’, सभामुख थापाले भने, ‘हामी यो प्रदेशलाई नमूना प्रदेश बनाउन चाहेका छौं । यसको लागि सबैको सकारात्मक साथ आवश्यक छ ।’

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशमा विकासका गतिविधि अगाडि बढाउनका लागि निजी क्षेत्र अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरिन् । ‘त्यसमा प्रदेश सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ’, उनले भनिन् ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभासद् डा. रणबहादुर रावलले निजी क्षेत्रले प्रदेश सरकारसमक्ष जायज माग राखेको बताए । ‘प्रदेश सरकारले यसलाई गम्भीर रुपमा लिएर कार्यान्वयन गरेमा विकासमा टेवा पुग्नेछ,’ उनले भने ।

सांसद् रावलले बिगारेर सिक्नुभन्दा बनिसकेको जगलाई हेरेर विकास गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्ऽप्रसाद ढकालले सुदूरपश्चिम सम्भावनाको प्रदेश रहेको चर्चा गरे ।

उनले विकासका लागि निजी क्षेत्रलाई साझेदारको रुपमा लिन प्रदेश सरकारलाई आग्रह पनि गरे । ‘यसबाट छोटो समयमा धेरै विकास गर्न सकिन्छ’, उनले भने ।

महोत्सव उद्घाटन अवसरमा आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले निजी क्षेत्रकोतर्फबाट मुख्यमन्त्री भट्टलाई सात किलोको फूलको माला लगाएर सात बुँदे माग समेत बुझाएका थिए ।

ब्यबसायीका  ७ बुँदे माग

२०६३ सालदेखि धनगढीमा महोत्सव आयोजना गर्दै आएको संघले विगतमा २१ किलोको फूलको माला लगाइ २१ बुँदे माग प्रस्तुत गर्दै आएको थियो । केही माग पूरा भएका छन् ।

यसवर्ष प्रदेश सरकारले सम्बोधन गर्न सक्ने मागमात्रै मुख्यमन्त्रीलाई बुझाएको संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

संघले गौरिफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्नु पर्ने र सुदूरपश्चिम प्रदेशमा चीनसँग जोड्ने नाका खोल्नु पर्ने माग राखेको छ ।

यसैगरी, प्रदेशमा उद्योग स्थापनाका लागि १० वर्षसम्म करमुक्त क्षेत्र घोषणा गरिनु पर्ने, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने माग राखिको छ ।

यस्तै, अन्य मागमा विशेष औद्योगिक क्षेत्र स्थापना र विशेष औद्योगिक प्याकेजको व्यवस्था गर्नु पर्ने, प्रदेशस्तरीय पर्यटन केन्ऽको स्थापनाका साथै खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरिनु पर्ने, सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्नु पर्ने लगायतको रहेको छ ।

सुदूरपश्चिम प्रदेशको सम्भावनाहरुको उजागर, प्रबर्द्धन गर्ने र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित महोत्सव फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment