
२९ माघ, काठमाडौं । भारत सरकारले अर्थ मन्त्रालयका २० कर्मचारीलाई वित्त व्यवस्थापनसम्बन्धी तालिम दिएको छ । इन्ष्टिच्युट अफ गभमेन्ट अकाउन्ट्स (आईएनजीएएफ) ले भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोगमा अर्थका कर्मचारीहरुलाई तालिम दिएको हो ।
माघ २८ देखि सुरु ‘विश्व परिप्रेक्ष्यमा सार्वजनिक वित्त व्यवस्थापन’ विषयक तालिममा अर्थका २० कर्मचारी सहभागी छन् ।
आईएनजीएएफका अनुसार, तालिममा सहभागीलाई विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि, रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणालीबारे र वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधिबारे जानकारी दिइने छ । त्यस्तै, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापनमा चलिरहेको विश्वव्यापी अभ्यासबारे पनि प्रशिक्षित गरिने छ ।
भारत सरकारले हरेक वर्ष अर्थका ६२ कर्मचारीलाई यस्तो तालिम दिँदै आएको छ । यसअघि गत माघ १० देखि २० गतेसम्म २० कर्मचारीलाई तालिम दिइएको थियो ।
प्रतिक्रिया 4