
२० फागुन, चितवन । रेष्टुरेष्ट एण्ड वार एसोसियसन (रेवान) सौराहाले ६० लाखको लागतमा आफ्नै भवन निर्माण गर्ने भएको छ । सोमबार बिहान रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले भवन निर्माणको शिलान्यास गरे ।
चार महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको भवन दुई तला ढलान र त्यसमाथि ट्रस राखिएको हुने अध्यक्ष गिरीले जानकारी दिए । १० धुर जग्गामा निर्माण हुने भवनको भुइँ तला अहिले खालि राखिने छ । पहिलो तलामा कार्यालय र त्यसमाथि हल निर्माण गरिने छ ।
भवन निर्माणका लागि रेष्टुरेष्ट एण्ड वार एसोसियसन आवद्ध सदस्य, अन्य संघ संस्था र होटल व्यवसायी, रत्ननगर नगरपालिकासँग आवश्यक सहयोग लिइने अध्यक्ष गिरीले बताए ।
रेवान सौराहामा ५२ जना रेष्टुरेष्ट व्यवसायी आवद्ध छन् । थप तीन जना यसै महिनाभित्र आवद्ध हुने गिरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4