+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बैंकको अधिकांश कर्जा घरजग्गा धितोमा

निजी क्षेत्रमा विकास बैंकको लगानी धेरै

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २३ गते १०:२२

२३ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश कर्जा घरजग्गा धितोमै लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कूल कर्जाको ६३.१ प्रतिशत कर्जा घरजग्गा धितोमा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । २०७४ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.३ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.९ प्रतिशतले बढेको थियो । कर्जा लगानीमा भने वाणिज्य बैंक भन्दा पनि विकास बैंक अगाडी देखिएका छन् ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ११.९ प्रतिशतले, विकास बैंकहरुको १९.८ प्रतिशतले र वित्त कम्पनीहरुको १०.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३.४ प्रतिशतले बढेको छ ।

आचु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १५.५ प्रतिशतले, ओभर ड्राफ्ट कर्जा १०.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १३.१ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १८.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ६.२ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २.१ प्रतिशतले तथा हायर पर्चेज कर्जा ६.८ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले प्राथमिकताप्राप्त (कृषि, पर्यटन, जलविद्युत्) क्षेत्रमा वाणिज्य बैंकहरुले अनिवार्य २५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था गरेको छ । ६ महिनाको अवधिमा बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कूल कर्जाको १९ प्रतिशतको हाराहारीमात्रै लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?