+
+

स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन : विप्लव समूहलाई चन्दा नदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते २०:५०

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए ।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको भन्दै उनले चन्दा नदिन आग्रह गरे । उनले भने, ‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ संकेत गर्दै उनले विध्वंशकारी क्रियाकलाप गर्नेहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय भइसकेको बताए । प्रधानमन्त्री ओलीले भने, त्यो सरकारले गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?