+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

वडाध्यक्षको मोटरसाइकलमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १०:४१
Photo Credit : प्रतीकात्मक तस्वीर

१ चैत, डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ । गएराति करिब १२ बजे से ७ प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी भएको हो ।

घरमै पार्किङ गरेको मोटरसाइकलमा आगजनी भएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिए ।

सो मोटरसाइकल केही दिन अगाडि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको थियो । मोटरसाइकलको नम्बर से ७ प ३६९० भए पनि नम्बर प्लेट समेत राखिएको थिएन ।

अध्यक्ष बिष्टले आगजनी गर्ने कसैमाथि शंका नभएको बताएपछि प्रहरीलाई अनुसन्धानमा चुनौती भएको छ ।

विप्लव समूहले बिहीबार आह्वान गरेको नेपाल बन्दको दिन पनि नवदुर्गा गाउँपालिकामा दिनभर यातायातका साधन सञ्चालनमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?