Comments Add Comment

एकीकृत बस्ती बनाउन जग्गा पाउनै समस्या : मुख्यमन्त्री पौडेल

१ चैत, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एकीकृत बस्ती निर्माणका लागि जग्गा प्राप्ती ठूलो समस्या भएको बताएका छन् ।

प्रदेश मामिला समितिद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले एकीकृत वस्तीका लागि जग्गा प्राप्ती सबैभन्दा ठूलो समस्या भएको बताए । सार्वजनिक जग्गा कुनै न कुनै हिसाबले वनसँग जोडिएकोले जग्गा प्राप्तीमा समस्या भएको उनको भनाइ थियो ।

‘वनसंग जोडिएको जग्गा पाउन निकै सकस छ, त्यसले यो काम सोचेअनुरुप अगाडि बढेको छैन’ उनले मकवानपुरमा १ सय ६० वटा घर बनाउने तयारी गरिरहेको बताए । यसैगरी दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत वस्तीको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

अर्को प्रसंगमा सार्वजनिक खरिद ऐन लामो भएको भन्दै उनले भने ‘हाम्रो सार्वजनिक खरिद ऐनले एउटा टेण्डर खोल्न अहिले दिन गन्नु भयो भने ९ महिना लाग्छ ।’ सार्वजनिक खरिद ऐन संशोधनको लागि संघीय सरकार पनि सकारात्मक रहेको बताए ।

अहिले प्रदेशको काम देखिएन भनेर आलोचना गर्ने समय नभएको बताएका मुख्यमन्त्री पौडेलले सरकारको बोर्ड मात्र राखेर मन्त्रालय खोलेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा आउनु उपलब्धीमूलक भएको औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment