+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

कलंकी मालपोत डिजिटल बन्दै, मन्त्रीको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १३:३६

३ चैत, काठमाडौं । भूमिसुधारमन्त्री पद्मा अर्यालले आइतबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेकी छन् ।

कलंकी मालपोत कार्यालय डिजिटल प्रणालीमा लैजान हाल तयारी भइरहेको छ । तयारीका कामको अनुगमन गर्न मन्त्री अर्याल त्यहाँ पुगेकी हुन् ।

देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी छ । त्यसको सुरुवात कलंकी मालपोत कार्यालयबाट हुन लागेको छ ।

हाल कलंकी मालपोत कार्यालयमा पुराना दस्तावेजलाई स्क्यानिङ गरेर कम्युटरमा राख्ने काम भइरहेको छ ।

कलंकी मालपोत कार्यालयमा हाल सुधारका कामहरु भइरहेको छ । मुख्य कार्यकक्षमा ओपन अफिस सिस्टम अवलम्बन गर्ने र जसमा कार्यकक्ष सबैले देख्ने किसिमको पारदर्शी हुने मन्त्रालयले जनाएको छ ।

ओपन अफिस सिस्टमको पारदर्शी कार्यकक्षहरुमा कर्मचारीले के काम गरिरहेका छन् भनी सेवाग्राहीले जानकारी पाउनेछन् ।

कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन सेवा लिने क्रममा प्रतीक्षालयको व्यवस्था, तातो चिसो खानेपानीको उपलब्धता र महिला पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

जग्गा लेनदेन गर्दा कसैको सहयोग नचाहिने व्यवस्था गरिने भूमिसुधार मन्त्रालयले जनाएको छ ।

हेर्नुस् तस्वीरहरु

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?