
५ चैत, काठमाडौं । आईएमई ग्रुपको आयोजनामा वैशाख २ देखि ७ गतेसम्म दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता आईएमई ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्न लागेको हो । देशभरबाट ८ देखि १४ वर्षसम्मका १ सय ५० जना प्रतियोगितमा सहभागी हुन पाउनेछन् ।
प्रतियोगिताको आवेदन फारम चैत ४ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोवाटो मण्डिखाटार टेनिस कोर्ट, नाउलिङ स्पोर्टस् भिल्ला सुन्दरवस्ती र आईएमई कम्प्लेक्स पानीपोखरीमा बुझाउनुपर्नेछ ।
आवेदन फारम अनलाइनमा पनि उपलब्ध हुने आयोजकले जानकारी दिएको छ । पुरस्कारमा कुल ३ लाख २६ हजार रुपैयाँ खर्च गरिने आइएमई ग्रुपले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4