+

मोइज किनको गोलसँगै इटलीको जित

२०७५ चैत  १० गते १०:४७ २०७५ चैत १० गते १०:४७
मोइज किनको गोलसँगै इटलीको जित

काठमाडौं । मोइज किनको पहिलो अन्तराष्ट्रिय गोलसँगै इटलीले युरो कप २०२० को छनोटमा सुखद सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा इटलीले फिनल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इटलीले सातौं मिनेटमा नै निकोलो बरेलाको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा किनले इटलीको जित सुनिश्चित गरे । इटलीका लागि भर्खर दोस्रो खेल खेलेका १९ वर्षे मिनले ७४ औं मिनेटमा पहिलो अन्तराष्ट्रिय गोल गरेका हुन् ।

फिनल्याण्डका टिमु पुक्कीले क्लोज रेन्जमा गोल गर्ने राम्रो अवसर पाएका थिए तर, सदुपयोग गर्न सकेनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय