+
+

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते ४:१५

११ चैत, काठमाडाैं । संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।

निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।

यस्तै समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रुपमा गराएको परिषद सदस्यसमेत रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?