+
+

गृहमन्त्रीद्वारा विश्वकप फुटसल खेल्ने टिमलाई विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १४:०७

१४ चैत, काठमाडौं । अर्जेन्टिनामा हुने १२ औं संस्करणको विश्वकप फुटसलमा सहभागि हुने नेपाली टिमलाई गृहमन्त्री रामबहादुर थापाले विदाई गरेका छन् ।

काठमाडौंमा आज गृहमन्त्री थापाले नेपाली टिमलाई विदाई गर्दै सफलताको शुभकामना दिएका छन् । १७ सदस्यी टिम आजै अर्जेन्टिनातर्फ प्रस्थान गर्दै छन् ।

समीर कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्यीय टिममा दिनेश श्रेष्ठ, बिशाल थापा, सुजन बलामी, दिपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र संजिब तामाङ रहेका छन् ।

विश्वकप फुटसलको समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल अप्रिल एक तारिखमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । क्याटलनाविरुद्ध अप्रिल दुई तारिखमा खेल्ने नेपालले अन्तिम खेल तीन तारिखमा फ्रान्ससँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?