+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आन्ध्रा यू–१९ टिममाथि नेपाली युवा टिमको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १९:२८

१४ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले आन्ध्रा यू–१९ टिममाथि सहज जित हात पारेको छ ।

नेपाल यू–१९ टिमले बिहीबार (आज) भारतको आन्ध्रा यू–१९ टिमलाई पाँच विकेटले पराजित गरेको हो । आध्राले दिएको २२१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो ।

नेपालको जितमा आसिफ शेखले अर्धशतक बनाए । उनले ९७ बलमा चार चौका र एक छक्काको मद्दतमा ६५ रन बनाए । त्यस्तै, कप्तान रोहित कुमार पौडेलले ४५ रन बनाउँदा भीम सार्कीले पनि ४५ रन नै बनाए । रविकुमार शाहले भने ३७ रनको योगदान दिए ।

यसअघि आन्ध्राले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२० रन बनाएको थियो । आन्ध्राका लागि रविकिरणले ४५ रनको योगदान दिएका थिए ।

बलिङतर्फ नेपालका पवन सर्राफ र सुर्य तामाङले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?