Comments Add Comment

नेपाल बार एसोसिएसनको नेतृत्व चयन आज

१६ चैत, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ । लोकतान्त्रिक र प्रगतिशील समूहका कानुन व्यवसायीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् । लोकतान्त्रिक समूहको नेतृत्व सुनिल कुमार पोखरेल र प्रगतिशील समूहको नेतृत्व चण्डेश्वर श्रेष्ठले नेतृत्व गरेका छन् । प्रगतिशील प्यानलमा जनजाती तथा मधेसी फोरम निकट समूहसमेत छन् ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समिति संयोजक दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीन वर्षे कार्यकालका लागि अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन-तीन जना उम्मेदवार छन् । बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।

बार एसोसिएसनका कुल मतदाता देशभर १० हजार ३१३ छन् । काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५ सय र मतदाता छन् । काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मतदान केन्द्र तोकिएको छ । यसैगरी काठमाडौं उपत्यका बाहिर ३४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

वि.सं. २०१३ सालमा स्थापित नेपाल बार एसोसिएसनले तीन वर्षे कार्यकालका लागि २५ औं नेतृत्व चयन गर्दैछ । देवनाथ बर्माको संयोजकत्वमा २०१३ साल पुस २८ गते नौ सदस्यीय समितिबाट बार एसोसिएसनको गठन भएको थियो ।

स्थापना भएपछि नागरिकको संवैधानिक, मौलिक र न्यायिक हक सुनिश्चित गर्न अग्रस्थानमा रहेर कानुन व्यवसायीहरूको छाता संगठन बारले आन्दोलन गर्दै आएको छ । पछिल्लो समय नेपाल बारमा राजनीतिकरण हावी भएको छ ।

यो पनि पढ्नुहोस ‘वामपन्थीले जिते सत्ताको ताबेदारी गर्छन्’ यो पनि पढ्नुहोस ‘उहाँहरुले जित्दा बारको बदनाम भयो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment