+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाराको सिमरामा खुल्यो महिन्द्राको वर्कसप

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १८:०१

१७ चैत, काठमाडाैं । नेपालको औधोगिक तथा व्यापारिक घराना ‘एम.भी. दुगड’ ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्सले सिमरा उपमहानगरपालिकामा वर्कसप संचालन गरेको छ ।

विगत २७ बर्ष देखी महिन्द्रा एण्ड महिन्द्राका कमर्सियल गाडिहरुको विक्री तथा उत्कृष्ट विक्री पछीको सेवा प्रदान गरिरहेको दुगडले ३४ सर्भिस सेन्टरमा २०० भन्दा बढी टेक्निसियनहरु मार्फत विक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।

जितपुरको सिमरा उपमहानगरपालिकामा नव निर्मित वर्कसपको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर हेड के. रवी, दुगड ब्रदर्स एण्ड सन्सका उपाध्यक्ष बिबेक दुगड लगायतले गरे ।

२० सर्भिस वे भएको यो वर्कसप १६ हजार वर्ग फिटको रहेको छ । यस वर्कशपमा ९ हजार वर्ग फिटको पार्ट्स काउन्टर र २७ हजार वर्ग फिटको पार्ट्स गोदाम पनि उपलब्ध छ । वर्कसपको गाडी रिपेयरका लागी अत्याधुनिक सुविधाको साथै कस्टमर लन्जको पनि प्रबन्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?