+
+

फिल्मीकर्मीका लागि एक दिने महोत्सव, ‘छक्का पन्जा ३, सानो संसार र लुट’ प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १३:०३

चलचित्र संघको आयोजनामा काठमाण्डौको कुमारी हलमा एकदिने चलचित्र महोत्सव आयोजना गरिएको छ । आज दिनभर ३ वटा फरक फरक समयमा रिलिज भएर सुपरहिट भएका चलचित्रहरु प्रदर्शन गरिनेछ । मध्यान्न १२ बजेको शोमा चलचित्र ‘छक्का पन्जा ३’ प्रदर्शन गरिएको छ । यो चलचित्र हेर्नका लागि दर्शकको चाप हलमा उच्च देखिएको छ ।

यस्तै, आज नै चलचित्र ‘लुट’ र ‘सानो संसार’ पनि प्रदर्शन गरिदैछ । चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले महोत्सव आयोजना गर्नुको उद्देश्यबारे भने–‘विशेषगरि, हामीले यो कार्यक्रम चलचित्रकर्मीका लागि आयोजना गरेका हौं ।

नेपाली चलचित्र नचलिरहेको समयमा यी तिन चलचित्र किन चले भनेर चलचित्रकर्मीले वुझुन् भनेर महोत्सवको आयोजना गरिएको हो ।’ उनले महोत्सव चलचित्रकर्मीका लागि आयोजना गरेतापनि चलचित्रकर्मीको उपस्थिती नै कम भएको भन्दै दुख व्यक्त गरेका थिए ।

महोत्सवको उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार निर शाहको साथमा ‘छक्का पन्जा ३’को टिम उपस्थित थियो । दर्शकहरुले यी तिन चलचित्रलाई लिएर उत्साह देखाएको अध्यक्ष उदयले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?