+
+

फिल्मको सेटमा फर्किए इरफान

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १२:४४

बिरामी भएपछि केही समयदेखि उपचार गराइरहेका बलिउडका सफल नायक इरफान खान भारत फर्किसकेका छन् । उनले भारत फर्किएर नयाँ चलचित्रको काम पनि सुरु गरेका छन् । इरफानले आफ्नो नयाँ चलचित्र ‘अंग्रेजी मिडियम’को छायांकन सुर गरेका हुन् ।

यो चलचित्रको छायांकन उदयपुरबाट सुरु भएको हो । यो चलचित्रलाई होमी अडजानियाले निर्देशन गर्दैछन् । दिनेश विजन चलचित्रका निर्माता हुन् । ‘हिन्दी मिडियम’ सकिएको ठाउँबाट यो चलचित्र सुरु नहुने बताइएको छ ।

इरफान खान गम्भिर बिरामी भएपछि उनको स्वास्थ्यलाई लिएर थुप्रै खालको चर्चा भएको थियो । इरफानले पनि आफ्नो स्वास्थ्यलाभका लागि भगवानसँग प्रार्थना गर्न आग्रह गरेका थिए । तर, अब उनी चलचित्रको छायांकनमा फर्किएका छन् । यसले उनका फ्यानलाई पनि खुशी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?