+
+

मिस नेपाल आयोजकको प्रष्टिकरण : प्रतियोगीको आत्मविश्वास जाँचिएको हो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २४ गते १७:०१

मिस नेपालको अडिसनलाई लिएर सामाजिक सञ्जालमा उत्पन्न भएको प्रतिक्रियामा आयोजक हिडेन ट्रेजरले प्रष्टिकरण दिएको छ । एक विज्ञप्ति जारी गर्दै उक्त संस्थाले अडिसनमा आउने आकांक्षीहरुलाई जाँच्न अप्ठेरा प्रश्नहरु गर्न सकिने जनाएको छ ।

‘कुनै पनि परिक्षा एवं अन्तरवार्तामा सहभागीलाई कठिन प्रश्नहरु गरिन्छ,’ हिडेन ट्रेजरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतियोगीको मानसिक अवस्था, आत्मविश्वास, सहजताको स्थिति प्रश्नहरुको सामना गर्ने क्षमता जाँच्नलाई यसो गरिन्छ ताकि उनीहरुबाट उत्कृष्टता निकाल्न सकियोस ।’

प्रतियोगीको मनोबल गिराउने वा मानहानी गर्ने हिसाबले यस्तो प्रश्न नगरिने विज्ञप्तिमा उल्लेख छ ।

साथै भाइरल भएको अस्मिता महर्जनको अडिसनका बारेमा हिडेन ट्रेजरले भनेको छ, ‘यसपालीको अडिसनमा पनि यस्तै विधी अपनाइएको थियो । उनी (अस्मिता) यसमा खरो उत्रिइन् र छनोट पनि भइन् ।’

सामाजिक सञ्जालमा उत्पन्न भएका क्रिया–प्रतिक्रियाहरुलाई सकारात्मकरुपमा लिइएको पनि संस्थाको स्पष्टोक्ति छ ।

मिस नेपालको अडिसनका क्रममा कोरियोग्राफर रचना गुरुङले प्रतियोगी अस्मिता महर्जनलाई मेकअप नगरी आएको विषयमा प्रश्न गरेकी थिइन् । उक्त अडिसनको भिडियो भाइरल बनेको थियो र धेरैले गुरुङको प्रश्न गर्ने शैलीलाई लिएर प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?