+
+

कतार पुगेका १६ कामदार अलपत्र, दूतावास भन्छ-उद्धार हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते १६:४५

२६ चैत, काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पुगेका १६ जना नेपालीहरु अलपत्र परेका छन् । केहिदिन अघि कतार पुगेका नेपालीहरु काम नपाएर अलपल परेका हुन् ।

वैदेशिक रोजगारीको शिलशिलामा १६ नेपालीहरु अलपत्र परेको कतारस्थित नेपाली दूतावासले पुष्टी गरेको छ । दूतावासका कन्सुलर शिवराम पोखरेलले अलपत्र परेका १६ जना नै दूतावासको सम्पर्कमा आएको बताए ।

‘१६ जना नै दूतावासको सम्पर्कमा आउनु भएको छ’ कन्सुलर पोखरेलले अनलाइनखबरसँग भने, ‘यस विषयमा अहिले हामीले अनुसनधान गरिरहेका छौं, वहाँहरको उद्धार हामी गर्छौं ।’

अलपत्र परेका मध्ये झापाका शंकर पौडेल अनलाइनखबरसँगको सम्पर्कमा आएका छन् । उनले काठमाडौंको सिनामंगलस्थित मेरिगोल्ड ओभरसिज नामक म्यानपावरबाट आफूहरुले विदेश गएको बताए ।

पीडित पौडेलको भनाईपछि हामीले उनलाई वैदेशिक रोजगारीका लागि पठाएको भनिएका मेरिगोल्ड ओभरसिजका सूर्यगिरीले आफूले नै पौडेलसहित २ जनालाई कतार पठाएको स्वीकार गरे । पौडेलसहित २ व्यक्ति आफूले पठाएको तर सबै १६ जनाको विषयमा भने आफू जानकार नरहेको उनले बताए ।

आफूले भने अनुसारको काम कतार पुगेका कामदारले नपाएको समेत उनले स्वीकार गरे । कार वास (गाडी धुने) कामका लागि पठाएको तर त्यो काम नभएकाले होटलमा काम लगाइएको उनले बताए । कमिजोरी कामदारमा पनि भएका कारण समस्या उत्पन्न भएको उनले बताए ।

मेरिगोल्डको कर्मचारी भएको बताउने गिरीले भने, ‘मैले शंकर पौडेलसहित २ जनालाई कार वासका लागि भनेर पठाएको हुँ, शंकर त मेरै नातको मान्छे पनि हो, शुरुमा काम होटलमा मिल्यो केहि समय काम गरेर शंकरले काम गर्दिन भनेको हो ।’ तर पछि कारवासमा काम भेटिँदा समेत शंकरले नगरेको उनले बताए ।

आफ्नो गल्ती स्वीकार गर्दै उनले भनेकै काम र भने अनुसारकै तलब दुईदिन भित्रमा मिलाउने प्रतिवद्धता समेत पीडितलाई सुनाइसकेको बताएका छन् । यदि नेपाल नै फर्किए लागेको लागत सबै फिर्ता गर्न आफू राजी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?