+

मौराको हृयाट्रिकसँगै टोटनहृयामको सहज जित

२०७५ चैत  ३० गते १९:२३ २०७५ चैत ३० गते १९:२३
मौराको हृयाट्रिकसँगै टोटनहृयामको सहज जित

काठमाडौं । लुकास मौराको हृयाट्रिकको मदतमा टोटनहृयामले रेलिगेशनमा परेको हडर्सफिल्डमाथि सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा टोटनहृयामले हडर्सफिल्डमाथि ४-० गोल अन्तरको जित निकालेको हो । उसले खेलको २४ औं मिनेटमा भिक्टर वान्यामाको गोलबाट अग्रता लिएको थियो ।
चार मिनेटपछि नै लुकास मौराले गोल गरे । बाँकी दुई गोल भने दोस्रो हाफको अन्त्यतिर भयो । ८७ औं मिनेटमा दोस्रो गोल गरेका मौराले इन्जुरी टाइममा हृयाट्रिक पुरा गरे ।
जितसँगै टोटनहृयाम ३३ खेलबाट ६७ अंकका साथ पि्रमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने रेलिगेशनमा परिसकेको हडर्सफिल्डको ३४ खेलबाट १४ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय