+
+

तस्वीरमा हेर्नुहोस् टोखाको बिस्का: जात्रा

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ वैशाख ३ गते २०:३२

३ वैशाख, काठमाडौं । मंगलबार काठमाडौंको टोखामा बिस्का: जात्रा मनाइएको छ । यसलाई टोखाको विशेष पर्वका रुपमा लिइन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ ।

टोखाबासीको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । भक्तपुरको ठिमीमा जस्तै हुने यो बिस्का: जात्रालाई काठमाडौंको बिस्का जात्राको रुपमा लिइन्छ । तर प्रचार प्रसारको अभावमा थिमीको जस्तो चर्चा हुदैन ।

विगत केही वर्षदेखि भने यहाँको बिस्का: जात्राको प्रचार प्रसार बढेको छ र अवलोकनकर्ताको संख्या पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?