+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डोटीमा गिद्धको संख्या बढ्यो

रासस रासस
२०७६ वैशाख ५ गते १३:२१

५ वैशाख, डोटी । कुनै बेला वीरलै देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ ।

खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । लोपोन्मुख अवस्थामा पुगेको हिमाली गिद्ध यहाँ भने प्रशस्तै रहेको कार्यालय सहायक प्रमुख संरक्षण अधिकृत प्रशा शाहले बताए ।

पर्याप्त आहारा, वासस्थानको संरक्षणलगायत  पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोग नगरिएकाले यहाँ हिमाली गिद्धको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ थियो । जिल्लामा यसअघि गिद्धबारे कुनै अध्ययन अनुसन्धान नभएको र अन्य गिद्धका प्रजाति तथा सङ्ख्याको बारेमा यकिन भन्न नसकिने जानकारी दिँदै उनले भने, ‘यस वर्ष भने गिद्धको सङ्ख्या अधिक देखिन थालेकाले अध्ययनका लागि योजना बनाइने भएको छ ।’

गिद्धको सङ्ख्या वृद्धि भएसँगै गाउँ घरमा फालिएका सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनले भने, ‘लोपोन्मुख प्रजातिका गिद्ध आए पनि त्यसको संरक्षणबारे कुनै निकायबाट पहल भएको छैन, अब संरक्षणका लागि पहल गर्नुपर्छ ।’ नेपालमा हाडफोर, सेतोगिद्ध, डङ्गर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेको निकुन्ज कार्यालयले जनाएको छ ।

डङ्गर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्ध र हिमाली गिद्ध पनि सङ्कटापन्न अवस्थामा रहेको बताइएको छ । डाइक्लोफेनेक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुको सिनो गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने र तिनको प्रजनन क्षमतामा ह्रास आउने हुँदा गिद्ध लोप हुने अवस्थामा पुगेको निकुञ्जका कर्मचारी बताउँछन् । पछिल्लो समय देशका अधिकांश जिल्ला डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरिएकाले गिद्धको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको उनीहरूको  अनुमान छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?