
८ वैशाख, काठमाडौं । सहरी बिकास मन्त्री मोहम्मद इस्तिायक राईले बिकासको मामिलामा राजनीति नगर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राइले विकासको मामिलामा सबै एक जुट हुनु पर्ने बताएका हुन् ।
रेल र पानी जहाजको विषयमा चर्को वशह भइरहेको भन्दै उनले यो ठूलो चर्चा गर्नु पर्ने विषय नभएको बताए । उनले रेल पानी जहाज सरकारले चलाएरै छाड्ने दावीसमेत गरे ।
‘विकासको कुरामा प्रतिपक्ष र सत्तापक्षभन्ने हु“दैन, तर प्रतिपक्षका साथीहरु सरकारले समृद्धिको योजना अघि सार्दा आत्तिनु भएको छ’ कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री राईले भने, ‘पिर नगर्नहोस यो सरकारले पानी जहाज र रेल चलाएरै छाड्छ, अन्य ठुला खाले विकासका योजनापनिअब अघि बढ्छ ।’
३ महिनाको काम चलाउ सरकारको नेतृत्व गर्दा कंग्रेसले करिब ८ खर्बको दायित्व थपिदिएकाले केही ठुलो आयोजनामा तत्काल स्रोत व्यवस्थापन गर्न सरकारलाई अफ्ठेरो परेको उनले बताए ।
कांग्रेस सरकारले दिएको दायित्वका कारण स्रोतमा समस्या भए पनि चाडै समाधान हुने उनले दावी गरे ।
प्रतिक्रिया 4