+
+

नेकपा रुपन्देही सचिव न्यौपानेले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते ८:००

१० वैशाख, बुटवल । नेकपा रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी एकता प्रकृयामा असन्तुष्ट न्यौपानेले मंगलबार राजीनामा दिएका हुन् ।

नेकपा पार्टी एकता अन्तर्गत सोमबार घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपाने सचिवमा मनोनित भएका थिए ।

यसैगरी बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए ।

सुवेदीभन्दा न्यौपानेको राजनीतिक उचाइ माथि हो । न्यौपाने पूर्व माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।

न्यौपानेले पार्टी केन्द्रले गरेको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै मंगलबार पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत र प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका छन् । न्यौपानेले आफू प्रदेश सभाअन्तर्गतको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने जानकारी गराएका छन् ।

न्यौपानेले आफ्नो राजीनामा ‘नयाँ साथीलाई अवसर दिने उद्देश्य’ले आएको दावी गर्दै सकारात्मक अर्थमा बुझिदिन अनलाइनखबरसँग आग्रह गरे ।

एकताका क्रममा स्थानीय र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई समेत पार्टीको कार्यकारी जिम्मेवारी दिइएकोप्रति पार्टीका नेता, कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?