+
+

विप्लव समूहकी महिला नेत्री रुपन्देहीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते १०:१७

११ वैशाख, बुटवल । विप्लव समूहकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् ।

सरकारद्वारा प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्रेको हो ।

सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् ।

छोरासहित सुवेदीलाई पक्राउ गरिएको दाबी स्थानीयले गरे पनि रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले उनलाई मात्रै नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको छ । एसपी थापाले उनीमाथि थप अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?