+
+

फोरमको चुनावमा रेणु यादवको हार

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते ९:५०

१७ वैशाख, जनकपुरधाम । संघीय समाजवादी फोरमको आन्तरिक चुनावमा रेणु यादव पराजित भएकी छन् । पार्टीको प्रदेश २ को अध्यक्षमा चुनाव लडेकी उनलाई प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले हराए ।

सोमबार राति सिरहाको लहानमा सम्पन्न निर्वाचनमा विजयले रेणुलाई ३७ मत अन्तरले पराजित गरे । अध्यक्षमा निर्वाचित विजयले १ सय ८४ मत पाए भने रेणुले १ सय ४७ मत पाइन् ।

प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । तीन जना उपाध्यक्ष, एक महासचिव, एक सचिव र जना कोषाध्यक्ष भने मनोनित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?