+
+

विक्की र कट्रिना एउटै फिल्ममा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १७:१७

बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशलको मित्रताको चर्चा पछिल्लो समय निकै चलिरहेको छ । उनीहरु एक(आपसमा निकै नजिक भइरहेका छन् । अब यो जोडी चलचित्रमा काम गर्ने तयारीमा समेत लागेको छ ।

केही समयदेखि कट्रिनाले विक्की कौशलको निकै तारिफ गरिरहेकी छिन् । विक्कीले पनि केही मिडियाका अन्तरवार्तामा आफूलाई कट्रिनासँग काम गर्ने इच्छा भएको बताउँदै आएका थिए । अब भने उनीहरुको एकसाथ काम गर्ने इच्छा पनि पूरा हुने भएको छ ।

कट्रिना र विक्कीले एकसाथ काम गर्न लागेको चलचित्रलाई रानी सुक्रवालाले निर्माण गर्नेछन् । समाचारका अनुसार ‘पिरियड वार’ चलचित्रलाई आदित्य धर र रानी सुक्रवालले संयुक्त रुपमा निर्देशन गर्ने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?