२३ वैशाख, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा कठिन जित निकालेको छ ।
आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले भिल्ला रियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
रियलका लागि मारिनोले दुई गोल गर्दा जिसस भाल्लेजोको नाममा एक गोल रह्यो । भिल्ला रियलका मोरिनो र जामे कोस्टाले गोल फर्काएका थिए ।
खेलको दोस्रो मिनेटमा नै मारिनोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर भिल्ला रियलका मोरिनोले ११ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
४० औं मिनेटमा भाल्लेजोले गोल गर्दै रियललाई २-१ गोलको अग्रता दिलाएका थिए । मारिनोले ४९ औ मिनेटमा अर्को गोल गरेपछि रियल ३-१ गोलले अघि रहेको थियो ।
खेलको अतरिक्त समयमा कोस्टाले गोल गरेपछि भिल्लारियल ३-२ गोलको स्थितिमा पुगेको थियो । तर रियललाई रोक्न भने सकेन ।
तेस्रो स्थानमा रहेको रियलले जितसँगै ३६ खेलबाट ६८ अंक बनाएको छ । पराजित भिल्ला रियलको ४० अंक छ ।
प्रतिक्रिया 4