+
+

प्रदेश २ बन्यो च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते २०:१६

२४ वैशाख, काठमाडौं । निखिल सिंह र बी पटेलको अलराउण्ड प्रदर्शनसँगै प्रदेश २ ले मनमोहन स्मृति अन्तर प्रदेश यू-१६ क्रिकेटको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले हरायो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३४ रनको लक्ष्य प्रदेश २ ले २६.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

उसका रोहन बिकले ३६ रन बनाए भने बी पटेल २८ रनमा अबिजित रहँदा निखिल सिंहले २७ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले ३० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि सुवास ऐरले ४७ रन बनाए भने सन्दीप विष्टले २८ रन जोडे ।

प्रदेश २ का बी पटेल र निखिल सिंहले ३–३ विकेट लिए । सिंह म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?